काठमाडौँ : गीतकार प्रल्लाद सुवेदीको तीज गीत 'गण्डकी बग्यो सली सली...' बजारमा सार्वजनिक भएको छ।
गीतको भिडियोमा मोडल अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्।
संगीत बसन्त थापाले भरेका छन्। स्वर मीना निरौलाको रहेको छ। संगीत संयोजन आशिष अविरलले गरेका हुन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्।
भाबगंगा डिजिटल प्रालिले सार्वजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।
