PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

‘अवधेश मिश्रा’ उर्फ भोजपुरी अमरिस पुरी र चिन्टु पाण्डे नेपालमा, लकडाउनमा के गर्दैछन्?



राधेश्याम पटेल

‘अवधेश मिश्रा’ उर्फ भोजपुरी अमरिस पुरी र चिन्टु पाण्डे नेपालमा, लकडाउनमा के गर्दैछन्?

वीरगंज : गत आइतवार दिउँसो डेढ बजे भोजपुरी कलाकार अवधेश मिश्रा फेसबुक लाइभ आए। आफूलाई जन्मदिनको शुभकामना दिने समाजिक सञ्जाल प्रयोगकर्ता र आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिए। केही मिनेटको लाइभ भिडियोमा उनले भने,‘मै अभि नेपालमे हुँ। बहुत परेसान हुँ। आप लोगोका फोन और मेसेजका जवाफ तक नही देपाराह हुँ। दोस्तो, जल्द अपने वतन लौटके अच्छासे बातचित करुँगा।’

नेपालमा उनी एक्लै भने छैनन्।  नेपालमा उनीसँगै भोजपुरी अभिनेता प्रदिप पाण्डे उर्फ चिन्टु पाण्डे, देव सिंहलागायत ४ जना भारतीय कलाकार फसेका छन्। नेपाली निर्माता/ निर्देशक लालजी यादवले बनाइ रहेको भोजपुरी फिल्म 'पिया मिलन चौराहा'को छायाँकनका लागि उनीहरू नेपाल आएका हुन्। लकडाउन तथा वर्षाको कारण छायाँकन प्रभावित भएको छ।

हाल भारतीय कलाकार टोली बाराको कलैयास्थित बरेवा दरबार होटलमा बसेका छन्। चिन्टु पाण्डे भोजपुरीका प्रसिद्ध निर्माता/निर्देशक राजकुमार पाण्डेका छोरा हुन्।

विहारको सीतामढी घर भएका अवधेश मिश्राले आफूलाई खलनायकका रुपमा स्थापित गरेका छन्। उनी भोजपुरीका आमरिश पुरी भनेर चिनिन्छन्।

उनीहरूको अभिनय रहने पिया मिलन चौराहामा वीरगंजकी मनीषा यादव मुख्य अभिनेत्री रहनेछिन्। निर्देशक लालजीले ८० भन्दा बढी भोजपुरी फिल्मको कथा लेखेका छन्।

भारतीय कलाकारहरू नेपाल–भारतमा लकडाउन खुकुलो भएसँगै बाराको ग्रामिण नाका हुँदै कलैया पुगेका थिए। फिल्मको करिव ७० प्रतिशत छायाँकनको सकिएको छ।

फिल्म अगामी छठ पछि प्रदर्शन गरिने लक्ष्य राखिएको थियो। तर, लकडाउनका कारण उक्त मिति सर्ने देखिएको छ।

बाराका प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रका अनुसार फिल्म छायाँकन हाललाई रोकिएको छ। 'लकडाउन प्रभावकारी बनाउन स्थगित गराएका हौं। कलाकारहरू होटलमा सुरक्षित हुनुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell