PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मनाइयो गायक अरुण थापाको स्मृति दिवस, सामाजिक दूरी कायम राख्न प्रत्‍यक्ष प्रसारण



पहिलोपोस्ट

मनाइयो गायक अरुण थापाको स्मृति दिवस, सामाजिक दूरी कायम राख्न प्रत्‍यक्ष प्रसारण

काठमाडौं : गायक अरुण थापाको २१ औं स्मृति दिवस मनाइएको थियो। सोमवार शुभारम्भ द म्युजिकल जर्नी र भक्तपुर सांगीतिक समाजले संयुक्त रुपमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो। भक्तपुरका स्थानिय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाका गीतहरु प्रस्तुत गरेका हुन्।

त्यसक्रममा कलाकारहरुले करोडौं मुटुहरुको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको नीद, ऋतुहरुमा तिमि, लाग्न थाल्यो जिवनमा, साँझको जुन संगै प्रस्तुत गरिएको थियो।

कोरोना भाइरस रोकथाम र लकडाउनबीच आयोजित कार्यक्रममा सीमित मानिसले सहभागिता जनाएका थिए। कार्यक्रम आम दर्शक/स्रोताका लागि सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो।

गायक अरुण थापाको क्यान्सरका कारण ४७ वर्षको उमेरमा निधन भएको हो। २१ वर्षअघि साउन ५ गते निधन भएको अरुण बिछोड र वेदनाका पर्याय भएको गीतकार सुवास चन्द्र ढुङ्गेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell