अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषय चर्को रुपमा उठेको छ। खासगरी अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नेपोटिज्म अर्थात नातावाद/परिवारवादलाई प्राथमिकताका साथ उठाएकी छन्। जसका कारण उनी विवादमा पनि परेकी छन्।
यो विषयमा उनको समकालीन अभिनेत्रीसँग दोहोरी नै चलेको छ। कंगनाले आउटसाइडर्स (मुम्बईभन्दा बाहिरका कलाकार) मुद्दा पनि उठाइरहेकी छन्।
कंगनाले एक टेलिभिजन अन्तर्वार्तामा आफूले नेपोटिज्मविरुद्ध र आउटसाइडर्सका पक्षमा आवाज उठाइरहेको तर तापसी पन्नू र स्वरा भास्कर जस्ता कलाकार काम नपाउँदा बलिउडका ठूला निर्देशकको चाप्लुसी गर्छन् भनेकी थिइन्। कगंनाले उनीहरुलाई ‘बी ग्रेड’ कलाकारको आरोप समेत लगाएकी थिइन्।
यसको जवाफमा तापसीले कंगनाले लक्षित गरेका त्यस्ता निर्माताका फिल्ममा आफूले काम नगरेको स्पष्टिकरण दिइन्। आफू वर्षमा ४ वटा फिल्ममा काम गर्दै आएको भन्दै काम नपाएको भन्ने कुरा आरोपमात्रै भएको उनको भनाई थियो।
कंगनाले आफ्नो व्यक्तिगत कुण्ठा पोख्न सुशान्तको मृत्युलाई प्रयोग गरिरहेको आरोप तापसीले लगाएकी थिइन्।
अब कंगनाविरुद्ध स्वरा भास्करले पनि कडा जवाफ दिएकी छन्। उनले आफू तथ्यमा विश्वास गर्ने भन्दै कंगनालाई के चाहियो भनेर प्रश्न गरेकी छन्। उनले आफू चाप्लुसी गरेर फल खाने, औला चाट्ने र दोष अर्कालाई लाउने काम नगर्न पनि सचेत गराएकी छन्।
Okay so while on topic.. full disclosure & confession.
— Swara Bhasker (@ReallySwara) July 20, 2020
I am needy.
I need respectful public interaction.
I need rationality and logic in debate.
I need sane, civil and decent public discourse.
I need rule of law.
and I need FACTS !
What do you need? #NeedyOutsider
🤓🤓🤓
1955 में ‘पाथेर पांचाली’ के साथ कंगना जी ने parallel cinema चलाया,
— Swara Bhasker (@ReallySwara) July 20, 2020
2013 में क्वीन फ़िल्म के साथ फ़ेमिनिज़म शुरू किया पर इस सब से पहले 1947 में उन्होंने भारत को आज़ादी दिलवायी थी।
-कहत एक अज्ञात चापलूस ज़रूरतमंद आउट्साइडर, चापलूसी का फल (आम) खाते और उँगलियाँ चाटते हुए। 🙏🏽🙏🏽🥭 🥭 pic.twitter.com/8mutISNgOr
