PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोशी अस्पतालमा व्यक्तिगत खर्चमा कोरोना परीक्षण गर्ने बढ्दो



फूलमाया पुरी

कोशी अस्पतालमा व्यक्तिगत खर्चमा कोरोना परीक्षण गर्ने बढ्दो

विराटनगर: विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पैसा तिरेर कोरोना भाइरस परीक्षण गराउनेको संख्या बढ्दो छ।

मंगलवार दिउँसोसम्म व्यक्तिगत पैसा तिरेर पीसीआर विधिबाट परीक्षण गराउनेको संख्या ३१ पुगेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार असार ३० गतेबाट नेपाल सरकारको प्रोटोकलमा नपरेका तर कोरोना परीक्षण गराउन चाहनेहरुका लागि निश्चित रकम लिई पीसीआर परीक्षण गर्न थालिएको हो।

पीसीआर विधिबाट कोरोना भाइरस कोभिड-१९ को परीक्षण गर्न पाँच हजार पाँच सय रुपैंया शुल्क लाग्ने बुढाथोकीले बताए।

‘यसरी परीक्षण गर्न आउनेमा सरकारको प्रोटोकलभित्र पर्दैनन्’ उनले भने ‘उनीहरु कोही काठमाडौं त कोही वैदेशिक रोजगारमा जानेहरु हुन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell