काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको बताएका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गरेका बेला प्रवक्ता श्रेष्ठले महाधिवेशन उपयुक्त समयमा गर्नुपर्ने उल्लेख गरेका छन्।
पार्टीभित्र महाधिवेशनको चर्चा हुनु खुशीको कुरा भएको बताउँदै उनले पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरेर यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन्।
‘तर महाधिवेशनलाई प्राविधिक बिषय मात्र बनाउनु हुँदैन। वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरा गर्नेगरी महाधिवेशनको तयारी गरौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले हचपच र ढिलाई दुवै गलत हुन्छन्। गत केन्द्रीय कमिटीको यस सम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं।’
हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा शुरु भएको छ।यो राम्रो र खुशीको कुरा हो।किनकि पार्टी एकताको संक्रमणकाल...
Posted by Narayan Kaji Shrestha on Tuesday, July 21, 2020
