PahiloPost

Jun 24, 2026 | १० असार २०८३

काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु



पहिलोपोस्ट

काठमाडौंमा पहिरोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

काठमाडौं : काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई जना बालबालिकाको मृत्यु भएको छ।

आज मध्यान्हतिर टोखा नगरपालिका १ तासीडाँडामा ३ वर्षीय बालक र बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रामकुमार राना मगरका  जुम्ल्याहा बच्चा खाना खाने क्रममा पहिरो आएपछि पुरिएका थिए।

'उनीहरुसँगै अन्य १० जना मानिस काम गर्दै थिए। खाना खाने समयमा टहरामा माथिबाट पहिरो झर्‍यो। अरू मानिस भाग्न सफल भए। तर उनीहरू पहिरोमा परिए।' महानगरीय प्रहरी वृत्त महाजगंजका डिएसपी रोसन खड्काले भने।

धनकुटा  भेरी गाउँपालिका २ स्थायी ठेगाना भएका मगर परिवार कामको सिलसिलामा  काठमाडौंमा बस्दै आएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell