PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, कञ्चनपुरमा मात्रै २० जना



पहिलोपोस्ट

सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण, कञ्चनपुरमा मात्रै २० जना

कैलाली : धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुष्मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए। उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell