PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

विदेशबाट फर्कनेले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने



पहिलोपोस्ट

विदेशबाट फर्कनेले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने
फाइल फोटो।

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट प्रभावित देशबाट फर्किनेहरुले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट आएकाले घरमा बस्न पाउने भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मापदण्ड पालना गरेर दुई हप्ता आफ्नै घरमा बस्न सक्ने गरी क्वारेन्टाइन सम्बन्धी मापदण्ड स्वीकृत गरेको जानकारी दिए। स्वास्थकर्मीको सहमतिमा स्थानीय अधिकारीको रेखदेखमा होम क्वारेन्टाइनमा बस्न सक्ने मन्त्रालयले जनाएको छ। होम क्वारेन्टाइनमा बस्न चाहनेले स्थानीय अधिकारीलाई अनुरोध गर्न सक्नेछन्।

‘प्रभावित देशबाट नेपाल फर्किनेले आफ्नै घरमा बस्ने अनुरोध गरेमा स्थानीय अधिकारीको प्रत्यक्ष निगरानीमा रहनेगरी १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सकिने सहितको मापदण्ड स्वीकृत भएको छ,’ उनले भने।

मापदण्डमा होम क्वारेन्टाइनका लागि आवश्यक पर्ने पूर्वाधारबारे पनि उल्लेख गरिएको उनले बताए। क्वारेन्टाइन अव्यवस्थित भएको गुनासो आएपछि सरकारले क्वारेन्टाइन बसाइलाई सहज बनाउन नयाँ मापदण्ड ल्याएको जनाएको हो।

प्रवक्ता गौतमले मापदण्डले व्यक्तिलाई क्वारेन्टाइनमा बस्न सहज हुने अपेक्षा गरेको बताए। मन्त्रालयले मापदण्ड पालना नभएमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति नराम्ररी प्रभावित भएको भन्दै अनिवार्य पालना गर्न चेतवनी पनि दिएको छ।

सरकारले लकडाउनलाई अझै खुकुलो बनाउँदै लगेको जनाएको छ। भदौ एक गतेदेखि आन्तरिक तथा बाह्य उडान सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell