PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

प्रदेश नम्बर २ का बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले शुरु गर्‍यो अनुगमन



पहिलोपोस्ट

प्रदेश नम्बर २ का बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले शुरु गर्‍यो अनुगमन

वीरगंज : प्रदेश २ सरकारले प्रदेशका विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रको अनुगमन शुरु गरेको छ।

विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायत अन्य नदीहरुमा आएको बाढीले गरेको कटान र डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन गरेको प्रदेश स्तरीय विपद् अनुगमन समितिका संयोजक एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताए।

अनुगमन टोलीमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री रामनरेश राय र विपद् व्यवस्थापन समिति सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell