PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

२४ घण्टामा २८ जिल्लाका १५० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

२४ घण्टामा २८ जिल्लाका १५० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २८ जिल्लाका १५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ९६३ आरटी-पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट ६०९ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, उदयपुरका ८, सर्लाहीका १ जना रहेका छन्। कोशी अस्पताल प्रयोगशालामा इलामका २ र सप्तरीका १ जना तथा प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २९ र महोत्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये नारायणी अस्पताल वीरगंजमा पर्साका २ जना छन्।

भरतपुर अस्पतालमा चितवनका ५ र हेटौंडास्थित किटजन्य अन्वेषण केन्द्रमा मकवानपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पतालमा काभ्रेका १ र रामेछापका १ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा सर्लाहीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमा चितवन, महोत्तरी, नुवाकोट, सर्लाही र कैलालीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमै भएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल प्रयोगशालामा ललितपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका ३ तथा प्रादेशिक क्षयरोग केन्द्रमा म्याग्दी, स्याङ्जा र बाग्लुङका ३/३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नवलपरासीका १ तथा भेरी अस्पताल प्रयोगशालामा बाँके र दाङका ३/३ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पतालमा दैलेख र सल्यानका १/१ जना तथा दैलेख पीसीआर प्रयोगशालामा दैलेखकै ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका १ तथा डडेलधुरा अस्पतालमा डोटीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा कैलालीका ३, बझाङका ४ र कञ्चनपुरका २० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल सात जिल्लाहरु भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ संक्रमण मुक्त भइसकेका छन्।

हाल देशभर २१ हजार ७०४ जना क्वारेन्टाइनमा रहेको र १२ हजार ४७७ जना अर्थात ६९.३४ प्रतिशत संक्रमित डिस्चार्ज भइसकेका छन्।

प्रदेशगत संक्रमणको अवस्था

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell