PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

स्रोत नखुलेको ११ लाख रकमसहित रौतहटबाट एक जना पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको ११ लाख रकमसहित रौतहटबाट एक जना पक्राउ

वीरगंज : रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

सोमवार साँझ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित प्रहरी चौकी मठिया सडकमा नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउँदै गरेको साइकल यात्रीलाई जाँच गर्दा उक्त रकम भेटिएको हो।

साइकलको ह्यान्डलमा झुण्ड्याएको नाइलनको झोलामा उक्त पैसा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। प्रहरीले स्रोत नखुलेको रकमसहित साइकल चालक रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell