PahiloPost

Jun 24, 2026 | १० असार २०८३

खुल्यो खेलकुद अभ्यासको बाटो, भदौ १ गतेबाट प्रशिक्षण थाल्न पाउने



पहिलोपोस्ट

खुल्यो खेलकुद अभ्यासको बाटो, भदौ १ गतेबाट प्रशिक्षण थाल्न पाउने
फोटो : रासस।

काठमाडौं : सरकारले १ सय २० दिन लामो लकडाउन खोलेसँगै खेलकुद अभ्यासको पनि बाटो खुलेको छ। मंगलवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले भदौ १ गतेपछि खेलकुदको अभ्यास तथा प्रशिक्षण शुरु गर्न सक्ने बताएका हुन्।

लकडाउन यता ब्याडमिन्टन, कराते, बक्सिङलगायत सीमित खेलहरुलाई छाडेर अरु खेलको अभ्यास ठप्प थियो। क्रिकेटका केही खेलाडीहरुले कीर्तिपुर स्टेडियम परिसरमा इन्डोर अभ्यास गरेपनि सबै खेलाडी अभ्यासमा फर्कन पाएका थिएनन्।

त्यस्तै फुटबलमा पनि विश्वकप छनोटका खेलहरु नजिकिँदै गर्दा अभ्यास गराउन अखिल नेपाल फुटबल संघ एन्फाले पहल गरिरहेको थियो। यसैगरी, अरु संघहरु पनि सरकारको निर्णय पर्खेर बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell