PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला



पहिलोपोस्ट

आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै एस्टोन भिल्ला रेलिगेशन जोन भन्दा एक स्थान माथि उठेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

एस्टोन भिल्लाको जितमा ट्रेजेगुइटले निर्णायक गोल गरे। उनले खेलको २७ औ मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए। जितसँगै भिल्ला रेलिगेशन जोनबाट एकस्थान माथि उक्लिएको छ।

एस्टोन भिल्लालाई आर्सनलमाथिको जितसँगसँगै वार्टफोर्डको पराजयले पनि साथ दियो। गएराति नै भएको खेलमा वार्टफोर्ड म्यानचेस्टर सिटीसँग पराजित भएसँगै भिल्लाले वार्टफोर्डलाई पछि पार्दै रेलिगेशन जोनभन्दा माथि उक्लिएको हो। यद्यपि एस्टोन भिल्ला र वार्टफोर्डको समान ३४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell