PahiloPost

May 16, 2026 | २ जेठ २०८३

रक्सौलका स्टेट बैंकका कर्मचारीमा कोरोना पुष्टि, आत्तिए रक्सौलका सेवाग्रही



राधेश्याम पटेल

रक्सौलका स्टेट बैंकका कर्मचारीमा कोरोना पुष्टि, आत्तिए रक्सौलका सेवाग्रही

वीरगंज : सीमावर्ती शहर रक्सौलमा रहेको भारतीय स्टेट बैंकका अधिकारी सहित ५ कर्माचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ।

रक्सौलको मुख्य सडकमा रहेको स्टेट बैंकका ८ कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको रक्सौलस्थित स्वास्थ्य विभागले जनाएको छ। यसअगाडि बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बैंकका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै हाल बैकलाई २ दिनसम्मका लागि बन्द गरिएको बैंकका प्रबंधक लक्ष्मी प्रसादले बताएका छन्। बैंकका अन्य अधिकारी र कर्मचारीको पनि मंगलवार स्वाब संकलन गरिएको छ। बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकमा सेवा लिन गएका सेवाग्रहीमा पनि त्रास फैलिएको रक्सौलका पत्रकार राजेश केशिरीवालले जानकारी दिए। रक्सौलमा पछिल्लो पटक दैनिक रुपमा कोरोना पुष्टि भइरहेको छ। त्यहाँ एक जनाको मृत्यु पनि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell