PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लमजुङको पल्लोटारीका १८ घर पुरियो पहिरोले, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, 'घर कता पुग्यो, केही देखिँदैन'



प्रकाश भण्डारी

लमजुङको पल्लोटारीका १८ घर पुरियो पहिरोले, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, 'घर कता पुग्यो, केही देखिँदैन'
फोटो : लमजुङ टिभी

काठमाडौं : लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ३ स्थित पल्लोटारीमा पहिरोले १८ घर पुरिएका छन्।

बुधवार बिहान ९ बजेतिर पहिरो गएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। गाउँमाथि डाँडाबाटा पहिरो खसेको उनले बताए। पहिरोमा परी ४ जना घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको उनको भनाई छ। पल्लोटारीमा पहिरो खस्दा १८ घरका सयौं पशुचौपाया पुरिएका छन्। पहिरोले पुरिएका घरहरु नदेखिएको गुरुङले बताए। अहिले घर पुरिएका स्थानीयलाई उद्धार गरी नजिकैको स्कुलमा राखिएको छ।

लगातारको पानीले माथिबाट ढिस्को खस्दा घर पुरिएको गुरुङले बताए। बिहान पहिरो गएकाले स्थानीयहरु सुरक्षित स्थानमा भाग्न सफल भएकाले ठलो मानवीय क्षतिबाट बचेको अध्यक्ष गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell