PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चार दिनदेखि 'अपहरण' भन्दै खोजिएका युवक होटलमा युवतीसँग भेटिए, ऋणबाट बच्न अपहरणको नाटक!



पहिलोपोस्ट

चार दिनदेखि 'अपहरण' भन्दै खोजिएका युवक होटलमा युवतीसँग भेटिए, ऋणबाट बच्न अपहरणको नाटक!

काठमाडौं : अपहरणको नाटक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं महानगरपालिका वडा ४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई पक्राउ गरेको हो।

साउन २ गते रेग्मी अपहरणमा परेको निवेदन परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनी असार २४ गते बिहानदेखि घरबाट निस्किएका थिए। त्यसपछि परिवारलाई आफू अपहरणमा परेको भन्दै जानकारी दिएपछि प्रहरीमा उजुरी दिएका थिए। 'उ आफैंले अपहरणमा परेको भन्दै परिवारमा हल्ला फैलाएको देखिन्छ। त्यसपछि परिवारले हामीलाई उजुरी दिएका थिए,' महाशाखाका एसपी इश्वर कार्कीले भने।

अपहरण भनी उजुरी आएपछि प्रहरीले सक्रियताका साथ खोजी गर्‍यो। साउन ६ गते राति भेटिए उनी। नयाँ बसपार्कस्थित सुगन्ध होटलमा एक युवतीसँग बसेको अवस्थामा उनलाई फेला परेको प्रहरीले जानकारी दिएको छ। ऋण तिर्नबाट उम्किन रेग्मीले अपहरणको नाटक गरेको प्रहरीको दाबी छ। 'यो अपहरण होइन। पैसा तिर्नबाट जोगिन अपहरणको नाटक गरेको देखिन्छ,' एसपी कार्कीले भने।

उनले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौं रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell