PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा कोभिड - १९ बाट ४२ औं मृत्यु, टिचिङमा गयो चिनियाँ नागरिकको ज्यान



प्रकाश भण्डारी

नेपालमा कोभिड - १९ बाट ४२ औं मृत्यु, टिचिङमा गयो चिनियाँ नागरिकको ज्यान

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोभिड-१९ का कारण एक चिनियाँ नागरिकको मृत्यु भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत ४८ वर्षीया महिलालाई मंगलवार टिचिङमा भर्ना गरिएको थियो।

परीक्षणका क्रममा कोभिड १९ पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको कार्यकारी निर्देशक डा. रोहित पौडेलले जानकारी दिए। उनका अनुसार संक्रमित महिलालाई मुटु सम्बन्धी रोग थियो। मुटुसम्बन्धी रोगको उपचारका क्रममा संक्रमित महिलाको बुधवार बिहान मृत्यु भएको पौडेलले बताए।

'उहाँ मुटु सम्बन्धी बिरामी हुनुहुन्थ्यो। बिहान मृत्यु भएको हो। उहाँलाई कोरोना पुष्टि भएपछि टिचिङ ल्याइएको थियो,' उनले भने। संक्रमित महिलाको शव अस्पतालमा नै राखिएको र चिनियाँ दूतावासको निर्णयपछि मात्रै अन्त्येष्टि गरिने उनले बताए। नेपालमा हालसम्म ४० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृत्यु सबै नेपाली रहेकोमा बुधवार टिचिङमा भएको मृत्यु पहिलो विदेशीको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell