PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

होस् गर्नुस् 'हाम्रो पात्रो'मा सूचीकृत गर्ने' भन्दै ठग्लान् है!



पहिलोपोस्ट

होस् गर्नुस् 'हाम्रो पात्रो'मा सूचीकृत गर्ने' भन्दै ठग्लान् है!

काठमाडौं : एप्लिकेसनमा समाचार साइट सूचीकृत गरिदिन्छु भन्दै कसैले रकम माग गरे तत्काल प्रहरीलाई खबर गर्न हाम्रो पात्रोले आग्रह गरेको छ।

हाम्रो पात्रोले वेबसाइट सूचीकृत पैसाको लेनदेनका आधारमा नहुने प्रस्ट्याउँदै कसैले त्यसो गरेको भए ठगी हुने जनाएको छ।

'हाम्रो नाममा कुनै पनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन,' हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेतीले प्रेस वक्तव्यमार्फत् भनेका छन्।

‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचीकृत गरिदिन्छु भनी सञ्चार गृहसँग वा अनलाइन सञ्चार गृहका आधिकारिक व्यक्तिसँग रकम माग गरेको खुलेपछि अध्यक्ष उप्रेतीले ठगीमा नपर्न आग्रह गरेका हुन्।

'शुल्क सहितको मिडिया सूचीकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं। मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन,' वक्तव्यमा भनिएको छ।

साथै, हाम्रो पात्रोले तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चार गृह बाहेक नयाँ अनलाइन मिडिया सूचीवद्ध गर्ने कार्य पनि बन्द गरिएको जनाएको छ।

हाम्रो पात्रोको मुख्यालय अमेरिकामा रहेको छ। अमेरिकामा रहेको हाम्रो पात्रो इन्क अथवा नेपालमा रहेको स्मार्ट आइडियाज प्रालि यस्तोखाले लेनदेन जिम्मेवार नहुनेसमेत वक्तव्यमा उल्लेख छ।

स्मार्ट आइडियाज प्रालिबाहेक हाम्रो पात्रोको कुनै पनि स्वरुपको कार्यालय नेपालमा अरु नरहेको पनि जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell