PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सोफिया थापाको विवादित गीत ‘अबको तीज, नो व्रत प्लिज’ युट्युवबाट हटाइयो



पहिलोपोस्ट

सोफिया थापाको विवादित गीत ‘अबको तीज, नो व्रत प्लिज’ युट्युवबाट हटाइयो

तीजमा ब्रत नबस्न सन्देश दिने गीत युट्युवबाट हटाइएको छ।

गायिका सोफिया थापाले सोमवार ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीज गीत हाइलाइट्स नेपाल च्यानलबाट सार्वजनिक गरेकी थिइन्।

गीत हिन्दू धर्मविरुद्ध रहेको भन्दै आलोचना र विवाद भएपछि बुधवार युट्युवबाट हटाइएको हो। गीत हटाउन गायिका थापालाई धम्की समेत आएको थियो। 

तीजमा व्रत नबस्न भन्ने गीतको सन्देशमा मिश्रित प्रतिक्रिया आए। स्वयं महिलाहरुले नै आजकल श्रीमानबाटै व्रत नबस्न सुझाव आउने गरेको र महिलाहरु आफ्नो स्वेच्छाले व्रत बसिरहेको भन्दै व्रत नबस भनेर समाज भड्काउन नहुने प्रतिक्रिया जनाइरहेका छन्। नयाँ पुस्ताका महिलाले गीतको भावलाई समर्थन गर्दै व्रत बस्न नहुने मत जाहेर गरेका छन्।

गीत सार्वजनिक भएपछि गत सोमवार हिन्दु जागरण नेपालले विज्ञप्ति जारी गरेर हटाउन अनुरोध थियो। अन्य संस्थाले पनि आपत्ति जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell