PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर २० हजार घुससहित पक्राउ



पहिलोपोस्ट

चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर २० हजार घुससहित पक्राउ

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले कैलालीमा एक जना सब-इन्जिनियरलाई २० हजार घुससहित पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन्।

उनलाई गोप्य सुचनाको आधारमा धनगढीबाट पक्राउ गरिएको हो। कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्यांकन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell