PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कोभिड महामारीको अनियमिततामा प्रमदेखि मन्त्री र कर्मचारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी



पहिलोपोस्ट

कोभिड महामारीको अनियमिततामा प्रमदेखि मन्त्री र कर्मचारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं: इनफ इज इनफका अभियन्ताहरुले कोभिड महामारीको मौकामा सरकारबाट भएको अनियमितताको छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

उजुरीमा उनीहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका संचालक दुर्गा प्रसाद बेल्बासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएकाहरु प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालमाथि छानविनको माग गरेका छन्। 

त्तयसैगरी त्कालिन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुख महेन्द्र श्रेष्ठ उपर पनि छानबिनको माग गरिएको छ।

त्यसैगरी आजै स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरि कोभिड १९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण पनि माग गरिएको इनफ इज इनफका अभियन्ता आलोक सुवेदीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell