PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राखेप सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस, को को छन् प्रतिस्पर्धामा?



पहिलोपोस्ट

राखेप सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस, को को छन् प्रतिस्पर्धामा?
फाइल फोटो

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ। पूर्व सद्स्य सचिवसमेत रहेका रमेशकुमार सिलवालसहित तीन जनाको नाम सिफारिस गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव तथा सिफारिस समिति संयोजक रामप्रसाद थपलियाले बताए।

‘नाम हिजै सिफारिस भएको छ,’ संयोजक थपलियाले पहिलोपोस्टसँग भने, ‘अब बाँकी मन्त्रिपरिषद्बाट निर्णय हुन्छ।'

सिलवालसहित अञ्जु श्रेष्ठ र लीलबहादुर थापा मगरको नाम सिफारिस भएको हो। तीन मध्येबाट एक जना सदस्य सचिव नियुक्‍त हुनेछन्।

नयाँ खेलकुद विकास ऐन आएपछि सदस्य सचिव पद खाली भएको थियो। जसका लागि मन्त्रालयले असार २८ गते दरखास्त आह्वान गरेको थियो।

सदस्य सचिवका लागि २७ जनाको आवेदन दिएका थिए।

जसबाट थपलिया संयोजक रहेको समितिले तीन जनाको नाम सिफारिस गरेको हो। समितिमा इन्दिरा निरौला र रिम रानाभाट सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell