PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सरकारी छाप कीर्तेमा दोषी ठहर भएका महत ललितपुरबाट पक्राउ



पहिलोपोस्ट

सरकारी छाप कीर्तेमा दोषी ठहर भएका महत ललितपुरबाट पक्राउ

काठमाडौँः सरकारी छाप तथा दस्तखत कीर्तेमा कसुरदार ठहर भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्‍धान ब्यूरोले फरार रहेका हरिशरण महतलाई ललितपुरबाट पक्राउ गरेको डिआइजी सहकुल थापाले जानकारी दिए।

मालपोत कार्यलय कलंकीको जाहेरीमा जिल्ला अदालत काठमाडौंले महतलाई दोषी ठहर गरेको थियो।

अदालतले दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell