PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा राजवैद्य



पहिलोपोस्ट

ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा राजवैद्य

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बुधवार कमिटीका उपाध्यक्षसमेत रहेका राजवैद्यलाई नियुक्तिपत्र प्रदान गरे।

एन‌ओसीको विधानको धारा ९ को उपधार ३७ को उपदफा १ बमोजिम राजवैद्यलाई कमिटीको प्रसासनको जिम्मेवारी दिइएको हो।

सन् १९८५ मा एमबीए गरेका राजवैद्यले खेलाडीका रुपमा एक ताका राष्ट्रिय खेलकुदमा राम्रै दबदबा बनाएका थिए। त्यस्तै, टेबलटेनिस संघमा २०४६ सालबाट सदस्यका रुपमा प्रवेश गरेका उनले कोषाध्यक्ष हुँदै २०६३ सालमा संघको अध्यक्षमा निर्वाचित भएका थिए।

यसैगरी, संघको अघिल्लो चुनावबाट पनि निर्वाचित भएका उनी हाल संघका पनि अध्यक्ष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell