इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा च्याम्पियन लिभरपुलले चेल्सीमाथि सानदार जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोलीले चेल्सीमाथि ५-३ ले जित निकालेको हो।
खेलको २३ औं मिनेटमा केबी नेइताको गोलबाट अग्रता बनाएको घरेलु टोलीका लागि ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले ३८ औं मिनेटमा गोल गरे। त्यस्तै ४३ औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले गोल गर्दा चेल्सीका लागि ओलिभर जिराउडले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काए। पहिलो हाफमा घरेलु टोली ३-१ ले अघि रह्यो।
A moment we'll never forget ❤️#LFCchampions pic.twitter.com/QaGW6PuEXr
— Liverpool FC (Premier League Champions 🏆) (@LFC) July 22, 2020
दोस्रो हाफमा लिभरपुलका रोबर्टो फर्मिनोले अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरे। उनले खेलको ५५ औं मिनेटमा गोल गरेका थिए। उता चेल्सीका लागि ६१ औं मिनेटमा टम्मी अब्राहमले र ७३ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै खेलमा फर्कन खोजे पनि त्यो गोल पर्याप्त रहेन। उल्टो लिभरपुलका एलेक्स अक्सलेड चेम्बरलेनले ८४ औं मिनेटमा गोल गर्दा लिभरपुलले ५-३ ले खेल आफ्नो पक्षमा पार्यो।
.jpg)
जितसँगै लिभरपुलको ९६ अंकसहित शीर्षस्थानमा यथावत छ भने ६३ अंक जोड्दै चौथो स्थानमा रहेको चेल्सीको शीर्ष चारमा कायम रहने/नरहने अन्तिम चरण खेलको नतिजाले निर्धारण गर्नेछ। च्याम्पियन लिभरपुलले खेलपछी घरेलु मैदानमा ट्रफी उचालेको थियो।


