- रिचर्ड फिसर -
म अस्पतालको रिसेप्सनमा बसिरहेको छु र मेरो स्वासले मेरा चस्मा वदलिएका छन्। मिनेट अगाडिमात्र म हतार हतार ओसिलो सडकमा दगुरिरहेको थिएँ, मेरो अपोइन्मेन्टाका लागि ढिलो भइसकेको थियो। जब डाक्टर र नर्सहरुको टोली आफ्नो कामका लागि गुज्रिए मलाई थाहा थियो म ठीक छैन भन्ने।
यसअघि म दक्षिण लण्डनको सेन्ट जर्जस् अस्पतालमा मेरी छोरीको जन्मका लागि पुगेको थियो। आज मैले धेरै फरक महसुस गरिरहेको छ। फेस मास्क चिर्दै भुइँ सफा गर्न प्रयोग भएको ब्लिचको गन्ध थाहा पाइरहेको छु। म बसेको मेच नजिकैका कुर्सीहरुलाई टेप लगाइएको छ। म नजिक अरुलाई नबस्न चेतावनी दिइएको छ।
दुई अस्पतालका क्रमचारीहरु मास्क र स्कर्ब लगाएर नजिकै आइपुगे। जसमध्ये १ जनाले संकेत चिन्ह बोकेका थिए- एयरपोर्टको गेटमा यात्रु पर्खिरहेका ट्याक्सी ड्राइभर जस्तै। लेखिएको थियो- भ्याक्सिन ट्राइल।
त्यो संकेत मेरा लागि थियो। म उनीहरुलाई सुस्त सुस्त उनीहरुलाई पछ्याइरहेको थिएँ, दुई मिटर पछिपछि। वार्डभित्रबाट मेरै बारेमा गसिप पनि चलिरहेको थियो।
अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको सीएचआडीओएक्स १ एनसीओभी-१९ भ्याकको ट्राइलको लागि स्वयंसेवीको रुपमा पहिलो स्क्रिनिङका लागि म सेन्ट जर्जमा छु। कोरोना भाइरस पान्डेमिक विरुद्धको लडाइको विश्वकै एक महत्त्वपूर्ण कार्यमा सहभागिताको महत्त्वको बारेमा आगामी साताहरुमा मैले बुझ्ने छु। विश्वभर जारी रहेको भ्याक्सिन ट्रायलको यो दौडमा अक्सफोर्ड अग्रपंक्तिमा देखिएको छ।
केही सातापछि जुलाई २० मा अनुसन्धानकर्ताहरुले ट्राइलको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने छन्। जुन एक हजार ७७ जनामा परीक्षण गरिएको थियो। 'यहाँ अझै धेरैकाम गर्न बाँकी छन्। तर, यो अहिलेको प्रारम्भिक नतिजाले केही आशा जगाएको छ,' अक्सफोर्ड विश्वविद्यालयकी सारहा गिल्वर्टको वक्तव्यमा उल्लेख छ।
अबको अर्को चरण भनेको यो ट्रायललाई अझ हजारौं व्यक्तिमा परीक्षण बाँकी छ। भ्याक्सिनको हायर डोज युके, ब्राजिल र दक्षिण अफ्रिकाका हजारौं मानिसहरुमा परीक्षणका गरिने छ। यही ट्रायलका लागि म पनि अनुबन्धित भएको छु।
मेरो यो यात्रा मेको अन्तिमको अबेर रात देखि सुरु भएको हो। म अक्सफोर्ट विश्वविद्यालयका फिलोसोफरको एक ट्वीटमा घोत्लिएँ जुन भ्याक्सिनको अध्ययनका बारेमा थियो। उनी पनि त्यसमा स्वयंसेवा गरेका थिए। त्यसैले जब मेरी श्रीमती मेरो छेउमा निदाइन्, मैले पनि वेबसाइटमा रहेको आवेदन भरे र सबै चिज बिर्सिएँ।
केही सातापछि म अक्सफोर्ड ट्रायलको लागि तय भएको न्युरोलोजी वार्डमा छु। जहाँ ठूलो स्क्रिनमा प्रमुख बैज्ञानिक म्याथु स्नापमा हेरिरहेको छु। उनले ट्रायलका क्रममा स्वयंसेवकहरुले के गर्नुपर्ने र स्वयंसेवकबाट के अपक्षा गरिएको छ भन्ने भनिरहेका थिए। के गर्नु हुन्छ र के गर्नु हुँदैन। कसरी विज्ञान भ्याक्सिनको पछाडि काम गरिरहेको छ भन्ने बताइरहेका थिए।
त्यहाँ हामी जस्तै १० हजार हुने उनले बताइरहेका थिए। जसमध्ये हामी दुई समूहमा विभाजन गरिने छ। पहिलो समूहलाई परीक्षण नभएको भ्याक्सिन दिइने छ। र अर्को समूहलाई परीक्षण भएको सीएचएडीओएक्स एनसीओभी-१९ दिनइने छ।
यो भ्याक्सिन एक सातामा चिम्पान्जीमा हुने कमन कोल्ड भाइरसको सर्सनबाट तयार गरिएको हो। यो प्रविधि यसअघि पनि खाडीमा देखिएको मर्स र इबोलाका बेला भ्याक्सिन तयार गर्न प्रयोग गरिएको थियो। यही कारणले नै उनीहरु कोभिड-१९ को समयमा तीब्र रुपमा भ्याक्सिन विकास गर्न सफल भएका हुन्।
२०२० को सुरुवाती महिनामा जब विश्व महामारीको दिशामा अगाडि बढ्दै जाँदा अक्सफोर्डको समूह विपत विरुद्ध केन्द्रित थियो। स्नापले भिडियोमा के बताइरहेका थिए, मैले हेरिरहेको थिएँ। उनीहरुले पहिले क्लिम्प कोल्ड भाइरसलाई लिएर यसलाई जेनेटिकल्ली अल्टर गरे जुन मानिसमा उत्पादन गर्न असम्भव हुन्छ। दोस्रो उनीहरुले भाइरसमा जिन थप गरे जसले कोभिड-१९ भाइरसबाट प्रोटिन उत्पादन गर्छ जसलाई स्पाइक क्लिको प्रोटिन पनि भनिन्छ। यदि शरीरले ग्लिको प्रोटिन उत्पादन र पहिचान गर्न सक्यो भने यसले कोभिड-१९ लाई शरीरमा प्रवेशमा रोक लगाउने अपेक्ष उनीहरुको छ।
आधा स्वयंसेवकहरुलाई यही भ्याक्सिन दिइने स्नापले बताइरहेका थिए। दोस्रो समूहलाई लाइसेन्स पाएका उपलब्ध भ्याक्सन दिइने छ। जसलाई मेनाक्वी (निमेनरिक्स अथवा मनेभेव) भनिन्छ। जसले मानिसलाई मेनिनजाइटिस अथवा सेप्सिसबाट जोगाउन सहयोग गर्छ।
यति व्याख्या गरिरहँदा म केवल मुस्कान दिन मात्र सक्थेँ।
भिडियो पछि मलाई मेरो मेडिकल हिस्ट्रिको बारेमा गहन प्रश्नहरु गरियो। र, मलाई कुनै पनि कोरोना भाइरसको लक्षण थियो कि थिएन। त्यस पछि मेरो रगतको नमुना लिइयो। मैले अध्ययनका विविध पक्षमा सहमत हुनुपर्थ्यो। जस्तो कि इन्जेक्सन दिइने साइटको तस्विर दिनुपर्ने, मैले रक्तदान नगर्ने, यदि म गर्भधान गर्न सक्ने महिला थिएँ भने निरोधक साधनको प्रभावकारी प्रयोग गर्ने, मलाई एउटा शर्तले ध्यान खिच्यो मबाट संकलन गरिएको नमुना अक्सफोर्ड विश्वविद्यालयका लागि उपहारका रुपमा दिइएको मान्नुपर्ने।
म घर फर्किएँ। मलाई यतिबेला केही जानेको महसुस भइरहेको थियो तर, केही असमन्जस जस्तो पनि थियो। अन्य ट्रायलहरुमा जस्तै यसमा पनि सहभागीहरुले साइड इफेक्टको बारेमा जानकारी हुनुपर्ने लगायतका कुराहरु पनि थिए। जब मैले जोखिम कम भएको बुझेँ पछि नाइ भन्ने कुनै अर्थ थिएन।
स्क्रिनिङको समयमा स्वयंसेवीलाई सैद्धान्तिक जानकारी पनि थियो - जस्तो कि भ्याक्सिनले कोरोना भाइरसको प्रभावलाई थप खराब पार्न सक्ने पनि थियो। तर, अक्सफोर्डले जनावरमा गरेको त्यस्तो नकरात्मक रिजल्ट देखाएको थिएन।
त्यसमाथि पनि म विश्वस्त भएँ कि मभन्दा अगाडि हजारौं मानिसलाई अक्सफोर्डको भ्याक्सिन दिइएको र उनीहरुलाई केही भएको थिएन। जुन लानसेट जर्नलमा जुलाई २० मा प्रकासित भएको थियो।
एक साता पछि म पुन: सेन्ट जर्जको झ्यालसमेत नभएको कोटामा पुगेँ। जहाँ मेरो स्क्रिनङ अपोइन्टमेन्ट थियो। खोप दिइने दिनको रुपमा लिइएको थियो त्यो दिन तर म चिन्तित थिएँ कतै म ट्रायलबाट निकालिन त निकालिइन।
डक्टर इभा गालिजा कोठाबाट बाहिरिएकी थिइन्। उनी १० मिनेट भन्दा बढी फर्किइनन्। केही समय अगाडि उनले अक्सफोर्ड ट्रायलको सेन्ट जर्जमा यो अन्तिम दिन भएको बताएकी थिइन् र उनीहरुसँग नमुना कम हुँदै गएका थिए।
हामी मेरो मेडिकल हिस्ट्रीबाट गयौं। मेरो थप रगत निकालियो। तर, पनि पेडियाट्रिक भ्याक्सिन अनुसन्धानका लागि नियुक्त गालिजालाई म ट्रायलयमा सहभागी हुन पाउँछु कि पाउँदिन भन्ने कुनै अनुमान थिएन। मैले उनको अनुहारमा देखेको थिएँ कि म भन्दा पनि उनी बढी कहालिएकी थिइन्।
जब उनी बाहिरिइन् म कोठामा एक्लै छाडिएको थिएँ। इंगल्याण्ड जहाँ म बस्दै आएको छु, एक दिन अगाडि मात्र लकडाउनका अनेक नियमहरु हटाइएका थिए। अधिकांश व्यवसायहरु सञ्चालनमा आउन थालेका थिए। सामाजिक दुरी सम्बन्धी निर्देशिकामा पनि परिवर्तन भइ दुई मिटरबाट एक मिटर बढीमा झारिएको थियो। यो परिवर्तनले केही उत्साह र केही नर्भस महसुस भइरहेको थियो।
यहाँ मेरा परिवार र साथीहरुको सम्झना आयो। केही वर्ष अगाडि म मासाचुसेटमा बस्थेँ। मेरो अपोइन्टमेन्टको दिन समाचार रिपोर्टहरुमा अमेरिका लगायतका देशमा दैनिक ४० हजारको केस देखा परेको उल्लेख थियो। मैले ब्राजिलको पनि पछिल्लो संख्याको बारेमा पनि सुनेको थिएँ। एक जना साथी र उनकी श्रीमती भर्खरै त्यहाँ फर्किएका थिए। त्यस दिनसम्म ब्राजिलमा १५ लाख मानिसमा संक्रमण देखिएको थियो। ब्राजिलमा फैलिएको संक्रमण पनि अक्सफोर्ट भ्याक्सिनको ट्रायलको एक हिस्ता हो। जुन रियो दि जेनेरियो साओ पाओलो र उत्तरी ब्राजिलबाट स्वयंसेवीहरु सहभागी छन्। उनीहरुले दक्षिण अफ्रिकामा यनि यस्तै गरिरहेका छन्। असल कामका लागि १० हजार बढी स्वयंसेवीले यो घातक अवस्थासँग ट्रायलका क्रममा जुध्नुपर्ने थियो। युकेको म जस्तो स्वयंसेवीका लागि एउटा तितो सत्य भनेको बैज्ञानिकहरुलाई भ्याक्सिनको प्रभावकारिता बारेमा कमै मात्रामा जानकारी दिन्छ। किन भने म संक्रमणबाट टाढा भएको थिएँ। जुन अन्य संक्रमित क्षेत्रका स्वयंसेवी भन्दा कम जोखिममा पनि।
जब गालिजा फर्किइन्, उनले भाइरल बोकिरहेकी थिइन्। मैले उनको मास्कभित्रको अनुहार देख्न नसके पनि उनका आँखाले मुस्कान दिइरहेका थिए। एक साताको पर्खाइपछि मेरो पाखुरामा खोप लगाइयो। भ्याक्सिन मेरो रगतमा मिसियो। र, यो ५०:५० थियो मलाई थाहा थिएन मलाई कुन भ्याक्सिन दिइएको थियो। म अनभिज्ञ थिएँ।
अर्को चरण लामो दौड जस्तै थियो। सहभागीहरु विभिन्न समूहमा विभाजन गरिएका थिए। उनीहरु सबैलाई लक्षण रिपोर्टिङ, परीक्षण र रगतको नमुना संकलन गर्नका लागि फरक फरक तालिका दिइएको थियो। मेरा लागि अर्को चरण भ्याक्सिन लगाएको एक साता पछि थियो र म यसतर्फ ध्यान दिइरहेको थिइन।
मैले कटन बुडले १० सेकेन्डसम्म मेरा दाँत र जिब्रोलाई नछोइ किलकिले (टन्सिल) रगड्नुपर्थ्यो। यो त्यति सहज थिएन् एउटा खेल जस्तै थियो। र, फेरि नाकसम्म जति माथि पुग्छ छिराउनुपर्थ्यो। मैले पढेको थिएँ कि जति राम्रोसँग नोजल स्वाब गर्न सकिन्छ त्यति नै दिमागलाई गुदगुदी भएको महसुस हुन्छ। यो त्यति खराब नभए पनि सहज भने थिएन।
त्यसपछि मैले स्वाबलाई सिल्ड ब्यागमा र सेक्युरिटी सिल्ड बक्समा राख्नुपर्थ्यो जसलाई बायोलोजिकल सब्स्टान्स क्याटोगोरी बी भनिन्थ्यो। र, त्यसलाई विशेष प्राथमिकताको हुलाक बक्समा राख्नुपर्थ्यो जसलाई रोयल मेलले युके भर घरमै परीक्षणका लागि सुरु गरेको सेवा थियो। त्यसको केही दिन पछि मलाई मोबाइलमा सन्देश आयो- मेरो कोरोना भाइरस परीक्षण नेगेटिभ आयो भन्ने।
स्वाब संकलन गर्ने क्रममा केही प्रश्नहरु भरेको थिएँ। जसमा मलाई मेरो अघिल्लो साताको व्यवहारका बारेमा सोधिएको थियो। जस्तो कि म सार्वजनिक यातायाता यात्रा गरेको थिएँ वा थिइन? म परिवारका सदस्यबाहेकका व्यक्तिसँग पाँच घण्टा भन्दा बढी समय बिताएँ कि?
मैले यो क्रममा कम्तिमा ४ महिनासम्म नियमति रुपमा सातामा एकपटक गर्नुपर्ने छ। त्यस्तै, एक वर्षसम्म अस्पतालमा पुगेर रगत परीक्षण गर्नुपर्ने छ। यो आवश्यक छ। तर, कतिपय व्यक्तिहरु विशेषगरी राजनीतिक नेतृत्वहरु यसलाई बुझ्न खोज्दैनन् र नतिजा चाँडो खोजिरहेका हुन्छन्।
सुरुवाती चरणमा अक्सफोर्डको भ्याक्सिनले सकरात्मक नतिजा दिए पनि यो जम्मा १ हजारमा प्रयोग भएको हो। करोडौँ मानिसमा यसलाई पुर्याउनु अगाडि विश्वासलाई थप मजबुद बढाउँदै थप तथ्यांक जुटाउन आवश्यक छ।
सन् १९७८ मा स्वाइन फ्लू माहामारीका बेला अमेरिकी सरकारले भ्याक्सिनको विकास र करोडौं मानिसमा भ्याक्सिन पुर्याउन गरेको हतारकै कारण ३० जनाले भ्याक्सिनको नकरात्मक प्रभावका कारण ज्यान गुमाएका थिए।
मलाई प्रोमिसिङ भ्याक्सिन दिइएको चान्स ५०:५० रहे पनि मेरो व्यवहारमा कुनै परिवर्तन छैन। किनकि अनुन्धानकर्ताहरु यस विषयमा ढुक्क थिए। हामीसँग मेरी श्रीमती छोरी साथी तथा सडकमा नजिक भएर अगाडि बढ्ने अन्जानलाई जोगाउने भ्याक्सिन छ भन्ने कुरामा जबसम्म म ढुक्क हुँदिन तब सम्म मैले सामाजिक दुरी कायम गर्ने निर्देशिकालाई पालना गर्नेछु।
मुख्यगरी म १० हजार अन्य मानिससँगै यो दुर्लभ अवसर पाएकोमा खुशी छु। हामीलाई विश्वले नियालिरहेको छ। जुन तरिकाले तीब्र गतिमा अक्सफोर्डको टोलीले काम गरिरहेको छ यो विश्वकै साह्रानीय कार्य हो।
अक्सफोर्डको भ्याक्सिनले धेरै मानिसको प्राथना अनुरुप काम नगर्ला। यसले सुरक्षा र प्रभावकारीताको सीमारेखा पार गर्न नसक्ला। तर, विज्ञानले यसैगरी काम गर्छ। यो दीर्घकालिन, सामूहिक असफलताबाट सिक्ने कुरा हो। र, यो समय म खुशी छु कि हामीसँग यो छ।
(बीबीसी फ्युचरमा प्रकाशित सामाग्रीको विधुर ढकालले गरेको भावानुवाद।)
