PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अमेरिकामा अरु पनि चिनियाँ कन्सुलेट बन्द हुनसक्ने ट्रम्पको भनाई



पहिलोपोस्ट

अमेरिकामा अरु पनि चिनियाँ कन्सुलेट बन्द हुनसक्ने ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु पनि चिनियाँ कन्सुलेट कार्यालयहरु बन्द हुनसक्ने बताएका छन्। होस्टनमा रहेको चिनियाँ कन्सुलेट जनरलको कार्यालयलाई अमेरिकाले तीन दिन भित्र बन्द गर्न निर्देशन दिइसकेको छ। निर्देशन दिएकै दिन राष्ट्रपति ट्रम्पले थप चिनियाँ कुटनीतिक कार्यालयहरु अमेरिकामा बन्द हुनसक्ने बताएका हुन्।

'मलाई लाग्छ उनीहरुले डकुमेन्ट र कागजातहरु जलाइरहेका छन्,' ह्वाइट हाउसमा आयोजित न्युज कन्फरेन्समा ट्रम्पले भने। स्टेट डिपार्टमेन्टले होस्टनमा रहेको कन्सुलेट कार्यालयलाई ७२ घन्टाभित्र बन्द गर्न निर्देशन दिएपछि अमेरिका र चीनबीचको तनाव अझ खराब अवस्थामा पुगेको छ।

बेइजिङले अमेरिकी निर्देशनलाई उत्तेजित राजनीतिक गतिविधिका रुपमा व्याख्या गर्दै त्यसको भत्सर्नासमेत गरेको छ। अमेरिकाले भने कुटनीतिक नियोग बन्द गर्नुको कारण बौद्धिक सम्पत्तिको सुरक्षा तथा गोपनीयताको रक्षालाई विषय बनाएको छ।

व्यापारको विषयमा दुई देशबीचको सम्बन्ध खराब रहेको अवस्थामा कोभिड १९ चीनबाट सुरुवात भएपछि अमेरिकी राष्ट्रपति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell