PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

खेलाडीलाई मैदान फर्काउँदै एन्फा, पीसीआर टेस्ट गराएर भदौ १ गतेबाट प्रशिक्षणको तयारी



पहिलोपोस्ट

खेलाडीलाई मैदान फर्काउँदै एन्फा, पीसीआर टेस्ट गराएर भदौ १ गतेबाट प्रशिक्षणको तयारी

काठमाडौं: कोरोना महामारीको संक्रमणलाई रोक्न चैतबाट सरकारले लगाएको लकडाउन बुधवारबाट खुलेको छ। लकडाउन खुले पनि खेलकुदको अभ्यास सुरु गराउन भने भदौ १ गतेसम्म पर्खनुपर्ने छ।

अर्कोतर्फ लकडाउन चलिनै रहँदादेखि विश्वकप छनोटको तयारीका खेलाडीलाई सुरक्षित अभ्यासमा फर्काउन पहल गरिरहेको एन्फाका लागि पनि बाटो खुलेको छ। असार २ गते एन्फाको कार्यसमितिको आपतकालिन बैठकले सम्बन्धित निकायहरुसँग समन्वय गरेर अभ्यास सुरु गराउने निर्णय गरेको थियो।

लकडाउन खुलेसँगै एन्फा खेलाडी बोलाउने र अभ्यास सुरु गराउने कसरतमा लागेको छ। जसअनुरुप एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टलमा रहेको क्वारेन्टिन हटाएर स्यानीटाइज गर्ने छ। कोरोना महामारी बढेसँगै एन्फा कम्प्लेक्सको होस्टललगायत देशभर विभिन्न स्थानमा रहेका एन्फाका संरचनाहरुमा सरकारले क्वारेन्टाइन राख्न एन्फाले बाटो खोलेको थियो।

'१७ गते सबै खेलाडीलाई बोलाउँदै छौं। अनि २८/२९ गतेतिर सबै खेलाडीको पीसीआर गर्ने। अनि एन्फा कम्प्लेक्स स्यानीटाइज गरेर १ गतेबाट हामी क्याम्प राख्छौं,' एन्फा प्रवक्ता किरण राईले भने।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी उपत्यकामा र केही खेलाडीमात्र उपत्यका बाहिर रहेको एन्फाले जनाएको छ। आउँदो सेप्टेम्बर अक्टोबरमा अस्ट्रेलिया र चाइनिज ताइपेइसँग नेपालले विश्वकप छनोट अन्तर्गतको घरेलु खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell