PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको खबर झुटो भएको अमिताभ बच्चनद्वारा स्पष्ट



पहिलोपोस्ट

आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको खबर झुटो भएको अमिताभ बच्चनद्वारा स्पष्ट

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ* आएको खबर झुटो भएको बताएका छन्। 

१२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ समाचार केही भारतीय संचारमाध्यमले प्रकाशित गरेका थिए। अमिताभले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्ने समाचारको खण्डन गरेका हुन्।  

 

अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको छ। उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

यसअघि भारतीय संचारमाध्यमहरुको आधारमा अमिताभको रिपोर्ट नेगेटिभ आएको उल्लेख गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell