काठमाडौं : झापामा खाल्डोमा डुबेर तीन जना बालकको मृत्यु भएको छ।
भद्रपुर नगरपालिका २ कमलधाप बस्ने अनिल लामाका १० वर्षीय छोरा अंकुश तामाङ र कमला थामीका दुई छोराहरु १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुनको डुबेर मृत्यु भएको हो।
उनीहरु भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको ठाउँमा खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। अंकुश तामाङ बुधवार दिउँसो २ बजेतिर घरबाट खेल्न भन्दै निस्किएका थिए। अबेरसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो। राति ८ बजे बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। बाँकी दुई जनाको शव भने आज बिहान फेला परेको हो।
