PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लकडाउन खुलेसँगै कुश्मामा गुलेली लठ्ठे पिङ सञ्चालनमा



पहिलोपोस्ट

लकडाउन खुलेसँगै कुश्मामा गुलेली लठ्ठे पिङ सञ्चालनमा

द क्लिफ प्रालिले नेपालकै अग्लो र नमुना पिङ बुधबारबाट सञ्चालनमा ल्यायो।  बन्जी जम्पका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलमा गुलेली शैलीको लठ्ठे पिङ उद्घाटन भएको हो।

विश्वकै दोश्रो अग्लो बन्जी र स्वीङ सञ्चालनका लागि बनेको पुलको उचाई २ सय २८ मिटर रहेको छ। सो भन्दा माथि बनाइएको पिङको उचाई भने नदीबाट २ सय ४८ मिटर  छ।  

जमिनबाट १२ मिटर अग्लो पिङ हेर्दा गुलेलीजस्तो देखिन्छ। पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ त्यस पछि पिङ मचिन्छ।  

'पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइको छ', द क्लिफका अध्यक्ष राजु कार्कीले भने,'चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको छ। दक्ष प्राविधिकबाट डिजाइन गरिएको भएकाले पनि यो नजुना पिङ हो।'

विश्वकै अग्लो स्विङ र स्काइ साइक्लिङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै सञ्चालनमा बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell