PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

दिवंगत भाइलाई यसरी सम्झिए राजेश हमालले



पहिलोपोस्ट

दिवंगत भाइलाई यसरी सम्झिए राजेश हमालले

अभिनेता राजेश हमालका एकमात्र भाइ राकेश हमालको निधन भएको छ। निर्माण व्यवसायी रहेका राकेशको बुधवार उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो।

उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट ग्रसित थिए। कलेजो प्रत्यारोपण गरेका राकेशको स्वास्थ्यमा समस्या देखिएपछि लकडाउनको समयमा विमान चार्टर गरेर दिल्ली लगिएको थियो। उपचारका क्रममा हिजो उनको निधन भयो।

भाइको निधनपछि बुधवार मध्यराती राजेशले फेसबुकमार्फत दिवगंत भाइलाई सम्झिए। उनले भाइसँग बाल्यकाल र केही समयअघि सँगै खिँचेका तस्विर सार्वजनिक गरे। अनि लेखे, ‘गुडबाई डियर काकु। तिम्रो आत्मालाई सधै शान्ति मिलिरहोस्।’ उनले आफ्नो भाइलाई काकु भनेर सम्बोधन गरेका छन्।

राजेशको फेसबुक पोस्टमा थुप्रै कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राकेशको शवलाई दिल्लीबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

Good Bye dear Kaku... May you always find peace

Posted by Rajesh Hamal on Wednesday, July 22, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell