PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डाक्टरमा कोभिड -१९ देखिएपछि विराटनगर अस्पताल सिल, बिरामीदेखि कर्मचारीको परीक्षण हुने



फूलमाया पुरी

डाक्टरमा कोभिड -१९ देखिएपछि विराटनगर अस्पताल सिल, बिरामीदेखि कर्मचारीको परीक्षण हुने

विराटनगर : विराटनगरस्थित विराटनगर अस्पतालका डाक्टरमा कोभिड १९ संक्रमण देखिएपछि अस्पताल पूर्ण रुपमा सिल गरिएको छ।

महानगरपालिकाले अस्पताल पूर्ण रुपमा सिल गरिएको सूचना भर्खरै अस्पतालबाहिर टाँसेको छ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर अस्पतालका डाक्टरमा कोभिड १९ पुष्टि भएपछि अस्पताल सिल गरिएको हो।

महानगरपालिकाको सूचनामा भनिएको छ, प्रस्तुत विषयमा कोशी अस्पताल विराटनगरबाट मिति २०७७ साउन ७ मा प्राप्ट रिपोर्टअनुसार यहाँबाट २०७७ साउन ६ गते संकलित स्वाबको नतिजा पोजेटिभ पाइएकोले सो अस्पतालबाट उपचार गरिएका बिरामी तथा निजी बिरामीसँग सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीहरुलाई समेत कोभिढ १९ परीक्षणको दायरामा ल्याउनु पर्ने र पुरै अस्पताल स्यानीटाइज गर्नुपर्ने भएकोले अर्को निर्णय व्यवस्था नहुन्जेलसम्म त्यहाँ अस्पताल पूर्ण रुपमा शिलबन्द गर्ने निर्णय गरिएको व्योहरा जानकारीका लागि अनुरोध छ।'

अस्पतालका दुई जनाको स्वाब संकलन गरी कोभिड जाँच गर्दा एक जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य शाखाका सिनियर अहेवा रमेश कार्कीले जानकारी दिए। कोभिड १९ देखिएका चिकित्सक हाल सेल्फ आइसोलेसनमा रहेको कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell