PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

उपत्यकामा ९ सहित २५ जिल्लामा १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

उपत्यकामा ९ सहित २५ जिल्लामा १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौ : पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५ जनासहित देशभर १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। उपत्यकाका तीनै जिल्लासहित २५ जिल्लामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटा र सुनसरीका २/२ जना तथा कोशी अस्पताल प्रयोगशालामा मोरङका ४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा मोरङकै ४ जना र झापाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा सिरहाका २ र सप्तरीका ७ तथा नारायणी अस्पताल प्रयोगशालामा पर्साका १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, भरतपुर अस्पताल प्रयोगशालामा महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका २ तथा शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा ललितपुरका १ र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएकको छ। पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा पर्वतका १ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ तथा प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला  पोखरामा स्याङ्जा र कास्कीका १/१ र पर्वतका २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका ११, प्युठान २ र नवलपरासी पश्चिमका १ तथा लुम्विनी अस्पताल प्रयोगशालामा रुपन्देहीकै २ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत अस्पताल प्रयोगशालामा सुर्खेतका ५ र सल्यानका १ तथा दैलेख प्रयोगशालामा दैलेखकै २४ जनामा संक्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पताल प्रयोगशालामा डडेलधुराका २ र डोटीका ७ तथा सेती अस्पताल प्रयोगशालामा कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या १८ हजार २४१ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १२ हजार ८४० जना डिस्चार्ज भइसकेका छन्।

हाल पाँच हजार ३५८ जना संक्रमित उपचारकै क्रममा रहेका छन्। हाल नेपालमा २० हजार ९८ जना विविभन्न जिल्लाका क्वारेन्टाइनमा रहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell