PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सशस्त्र प्रहरी जवानको लखेटेर हत्या, फरार ३ जना अभियुक्त पक्राउ



पहिलोपोस्ट

सशस्त्र प्रहरी जवानको लखेटेर हत्या, फरार ३ जना अभियुक्त पक्राउ

जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका-३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन्।

गत असार १६ गते सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिराहा नगरपालिका-१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए।

उक्त घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिराहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू उपर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell