PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पहिरोेका कारण गोरखाका ६९ घरपरिवार विस्थापित, ६ वटा विद्यालयमा क्षति



रासस

पहिरोेका कारण गोरखाका ६९ घरपरिवार विस्थापित, ६ वटा विद्यालयमा क्षति

गोरखा : बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका छन्। गाउँपालिकाको वडा नम्बर १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

लगातारको वर्षापछि आएको पहिरोले वडा नम्बर ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए। त्यस्तै, वडा नम्बर ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ।

पहिरोका कारण वडा नम्बर ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नम्बर ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नम्बर ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए। गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नम्बर ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिरोेले विस्थापित भएका छन्।

पहिरोले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पुर्‍याएको उनले बताए। पहिरोका कारण वडा नम्बर ६ ताकुकोटमा रहेको सूर्यज्वति माध्यमिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुर्‍याएको अध्यक्ष भट्टले बताए।

त्यस्तै, वडा नम्बर ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यमिक विद्यालय, वडा नम्बर २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नम्बर ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको उनले जनकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell