PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

अघि बढ्यो खेलकुद नियमावली बनाउने काम, खटियो सात सदस्यीय कमिटी



पहिलोपोस्ट

अघि बढ्यो खेलकुद नियमावली बनाउने काम, खटियो सात सदस्यीय कमिटी

काठमाडौं : खेलकुद विकास ऐन आएसँगै खेलकुद नियमावली बनाउन युवा तथा खेलकुद मन्त्रालयले प्रकृया अघि बढाएको छ। मन्त्रालयले नियमावलीको प्रकृयाका लागि निमित्त सदस्यसचिव भक्तराज ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको थियो।

निमित्त सदस्यसचिव भक्तराज ढकालको संयोजकत्वमा रहेको समितिमा खेलकुद विज्ञका रुपमा रिमबहादुर रानाभाट रहेका छन् भने मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका प्रतिनिधि लगायत रहेका छन्।

‘नियमावली बनाउन सात सदस्यीय कार्यदल बनाएर प्रकृया अघि बढाइएको छ। खेलकुद विज्ञको रुपमा रिमबहादुर रानभाट खटिनुभएको छ’, मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, ‘त्यस्तै कानुन मन्त्रालय, मन्त्रालयको सहसचिवलगायत परिषदका निमित्त सदस्यसचिव भक्तबहादुर ढकालको संयोजकत्वमा काम भइरहेको छ। यसमा चाहिँ मैलै प्रत्यक्ष निर्देशन दिइरहेको छु। सम्बन्धित सरोकारवालाहरुसँग स्थलगत रुपमै गएर बुझेर त्यसलाई अघि बढाइएको छ।’

समितिका सदस्य रिम रानाभाटले ओलम्पिक कमिटी, खेल संघलगायत सरोकारवालाहरुसँग समन्वय गरिरहेको बताए।

‘संघीय संरचना अनुसार जुन ऐन बनेको छ। त्यसअनुसार नियमावली बन्दै छ। त्यसका लागि सरोकारवाला सबैसँग सुझावहरु लिएर’, कार्यदलका सदस्य रानाभाटले भने, ‘समितिले आफ्नो काम अघि बढाइरहेको छ।’

तीस कार्यदिनभित्र नियमावली सक्ने भन्ने निर्देशन छ। यद्यपि, नियमावली सदस्यसचिव आइसकेपछि पनि छलफल भएर मात्र पारित हुने सचिव थपलियाले बताए।

खेलुकद विकास ऐन २०७७ असार १७ बाट कार्यन्वयनमा आएको थियो। नयाँ ऐन आएसँगै राखेप सदस्यसचिव लगायतका पद रिक्त बनेको थियो। र, असार २६ मा मन्त्रालयले सदस्यसचिवका लागि दरखास्तव आव्हान गरेको थियो। जसमा २७ जनामा दरखास्त दिएपछि मन्त्रालयको सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले ऐन बमोजिम पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल लगायत तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ। अब बस्ने मन्त्रिपरिषदको बैठकले सदस्यसचिवबारे निर्णय गर्नेछ।

मन्त्रालय अन्तर्गतकै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली २०७७ यसअघि पारित भएको थियो। असार २३ को मन्त्रिपरिषदको बैठकले नियमावली पारित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell