PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ। आयोगको नेपालगञ्जबाट खटिगएको टोलीले खनाललाई १६ लाख १३ हजार ९७५ रुपैयाँसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसन बापतको रकम र चेकसमेत बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे विस्तृत अध्ययन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell