PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

काठमाडौँको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार



सविन ढकाल

काठमाडौँको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार
प्रतीकात्मक तस्विर

काठमाडौँः काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ। २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो। एसिड प्रहार गर्ने युवा भने फरार भएका छन्।

फरार युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए।

'एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ', ज्ञवालीले भने।

ओखलढुङ्गा घर भएकी युवतीमाथि एसिड हानिएको हो। घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell