PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बाफलमा युवतीमाथि एसिड प्रहार प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक खोज्दै प्रहरी



पहिलोपोस्ट

बाफलमा युवतीमाथि एसिड प्रहार प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक खोज्दै प्रहरी
प्रतीकात्मक फोटो। घटनासँग सम्बन्धित छैन।

काठमाडौँः काठमाडौँमा एक युवतीमाथि एसिड प्रहार भएको छ । २२ वर्षीय युवतीमाथि राति करिब ७५० बजे बाफलमा  एक युवकले एसिड प्रहार गरेर फरार भएका छन्। फरार भएका युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले घटनास्थल वरपर रहेका सिसिटिभी फुटेज समेत हेरेको छ। नजिकै रहेको दुई वटा सिसी क्यामेरामध्ये एकमा युवक देखिएको प्रहरीले जनाएको छ।

'एउटा फुजेटमा घटना नजिकै युवक देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ' एसएसपी ज्ञवालीले भने।

ओखलढुङ्गा घर भएकी युवतीमाथि एसिड प्रहार भएको हो। घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको छ। युवतीसँग समेत घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी लिएको छ।

उनले दही किन्न बाहिर निस्किएको बताएकी छिन्। तर, प्रत्यक्षदर्शीले भने एक युवकले मोटरसाइकलमा उनलाई छाडेको बताएको प्रहरीको भनाई छ।

'हामीले त्यहाँ सोध्दा एक जनाले बाइकमा छोडेको समेत भनेका छन्। के हो बुझ्दैछौँ।' एक प्रहरी अधिकृतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell