PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चारकिलोमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक फेरि रोकियो



रासस

चारकिलोमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक फेरि रोकियो
फाइल फोटो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी दिए। सोही स्थानमा गत सोमवार पनि पहिरो खसेको थियो। सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो। पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell