इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टस पराजित भएको छ। डासिया एरेना स्टेडियममा भएको खेलमा युभेन्टस खेलको अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली उडिनेसेसँग २-१ ले पराजित भएको हो।
खेलमा म्याथिज डी लिट ४२ औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस १ गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोलीले खेल बराबरीमा ल्यायो। ल्लिजा नेस्टोरोभस्कीले ५२ औं मिनेटमा खेल बराबरीमा ल्याए। रोमाञ्चक बनेको खेलको अतिरिक्त समयमा सेकोफोफानाले घरेलु टोलीका लागि गरेको उत्कृष्ट गोल लिग लिडर युभेन्टस पराजयका लागि निर्णायक बन्यो।
जितसँगै उडिनेसेले ३५ खेलबाट ३९ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ। अर्कोतर्फ पराजयको बावजुद युभेन्टस ८० अंकसहित शीर्षस्थानमा छ।
