PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कोभिड १९ को बिजोग हालतमा के भारतले दक्षिण अमेरिकी मुलुकलाई पछि पार्ला?



पहिलोपोस्ट

कोभिड १९ को बिजोग हालतमा के भारतले दक्षिण अमेरिकी मुलुकलाई पछि पार्ला?

नयाँ दिल्ली : चरम संकट निम्त्याउने गरी भारतमा संक्रमितको संख्या यसरी बढेको छ कि दक्षिण अमेरिकी मुलुक ब्राजिल पछि पर्ने देखिएको छ। कोरोना भाइरसको संक्रमित संख्यामा भारतले ब्राजिललाई उछिन्ने संकेत देखिएको हो।

गएको सात दिनको अवधिमा भारतमा २ लाख ६९ हजार ९ सय ६९ जनामा कोरोना संक्रमण देखियो। त्यही अवधिमा ब्राजिलमा २ लाख ६० हजार ९ सय ६२ जना संक्रमित थपिए। अमेरिका पछि विश्वमा संक्रमित मुलुकमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन्।

पहिलो पटक भारतले सात दिनको तथ्याङ्कमा ब्राजिललाई उछिनेको हो। एक साता अघि ब्राजिलमा २ लाख ५७ हजार ७ सय १३ जना संक्रमित देखिँदा भारतमा २ लाख १ सय ५९ जनामात्र संक्रमित भेटिएका थिए।

संक्रमितको संख्यामा अमेरिका लगातार अगाडि छ। त्यहाँ एक सातामा ४ लाख ७८ हजार ८ सय ९९ संक्रमित थपिएका छन्।

बुधवार रातिसम्म ब्राजिलमा २२ लाख ३१ हजार ८ सय ७१ जना संक्रमित भेटिएका थिए भने भारतमा १२ लाख ३८ हजार ३ सय ७४। कूल संक्रमितको संख्यामा भारतले तत्काल ब्राजिललाई उछिन्न नसके पनि दैनिक संक्रमित संख्या र साप्ताहिक संक्रमित संख्यामा उछिन्दै गर्दा यी दुई मुलुकबीचको अन्तर भने घट्दै जाने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell