PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

स्वयम्भूमा छैन गुँला पर्वको रौनक

स्वयम्भूमा छैन गुँला पर्वको रौनक

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने गुँला पर्व यसपटक प्रभावित बन्यो।

गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ। बौद्ध नेवारहरु यस पर्वमा धा: बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन्। तर भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यसपटक नगर र चैत्य परिक्रमा गर्ने कार्यक्रमहरु भएनन्।

गुँला पर्वमा भीड लाग्ने स्वयम्भू पहिला वर्षभन्दा सुनसान देखियो। काठमाडौंको विभिन्न स्थानबाट बाजा बजाउँदै एक महिनसम्म स्वयम्भू पुग्नेहरु यसपटक निकै कम संख्यामा रहेका छन्। पहिला एकैदिन सयौं बाजा खल: स्वयम्भू पुग्ने गर्थे। यसपटक भने धेरैजसो समूहहरुले आफ्नै टोल वा निश्चित क्षेत्रमा बाजा बजाएर गुँला पर्व मनाएका छन्। केहीले भने हरेकदिन नभएपनि हप्तामा एक दिन भएपनि स्वयम्भू पुग्ने तयारी गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell