PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेपोटिज्म मुद्दामा कंगनालाई शत्रुघ्न सिन्हाको जवाफ



पहिलोपोस्ट

नेपोटिज्म मुद्दामा कंगनालाई शत्रुघ्न सिन्हाको जवाफ

बलिउड अभिनेता शत्रुघ्न सिन्हाले फिल्म उद्योग कसैको निजी सम्पत्ति नभएको बताएका छन्।

बलिउडमा नेपोटिज्म मुद्दा चर्किरहेका बेला सिन्हाले कुनै व्यक्ति रहने र नरहने खालको निजी उद्योग फिल्म क्षेत्र नभएको बताए।

सुशान्तसिंह राजपुतको आत्महत्यापछि नेपोटिज्मको विषय उठाइरहेकी अभिनेत्री कंगना रनावतप्रति लक्षित गर्दै शत्रुघ्नले भनेका छन्, ‘फिल्म उद्योग कसैको सम्पत्ति होइन। त्यसकारण कसैले पनि भन्न सक्दैन कि कुनै व्यक्ति यहाँ (उद्योगमा) रहन सक्दैन।’

कंगनाले बलिउडको नेपोटिज्म र गुटबन्दीको शिकार सुशान्त भएको बताउँदै यो विषय उठाइरहेकी छन्। 

नेपोटिज्म विवादमा कंगनाको विभिन्न कलाकारसँग दोहोरी नै चलेको छ। करण जौहर र आदित्य चोपडालाई विभिन्न आरोप लगाएकी छन्। तापसी पन्नू र स्वरा भाष्करलाई चाप्लुसी गर्ने बी ग्रेड कलाकार भनेकी थिइन्। उनको आरोपपछि कलाकार पनि प्रतिकारमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell