PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

भारतमा ३ लाख ५० हजारको परीक्षण गर्दा झन्डै आधा लाखमा संक्रमण



पहिलोपोस्ट

भारतमा ३ लाख ५० हजारको परीक्षण गर्दा झन्डै आधा लाखमा संक्रमण

नयाँ दिल्ली : भारतमा एकै दिनमा ४९ हजार ३ सय १० नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार १२ लाख ८७ हजार ९ सय ४५ जना कोरोना भाइरस संक्रमित पुगेका छन् भारतमा। यीमध्ये ८ लाख १७ हजार २ सय ८ जनालाई निको भइसकेको छ।

संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम गरेको दिन मृत्यु हुनेको संख्यामा पनि बढेको छ। एकै दिन ७ सय ४० जना कोभिड १९ का संक्रमितको मृत्यु भएको छ। यससहित भारतमा मृत्यु भएका संक्रमितको संख्या ३० हजार ६ सय १ पुगेको छ।

थपिएका संक्रमितमध्ये ७५ प्रतिशत हिस्सा महाराष्ट्र, तामिल नाडू, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल, तेलङ्गना, बिहार, असाम, दिल्ली, उडिसा, केरला र गुजरातमा मात्र रहेका छन्।

भारतमा अहिलेसम्म १५ करोड मानिसको पीसीआर परीक्षण भइसकेको छ। १५ करोड ७५ हजार ३ सय ६९ स्याम्पल परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधवारमात्रै ३ लाख ५० हजार ८ सय २३ स्याम्पल परीक्षण भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell