PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

साम्राज्ञीविरुद्ध भुवन केसीले अदालतमा हाले मुद्दा



पहिलोपोस्ट

साम्राज्ञीविरुद्ध भुवन केसीले अदालतमा हाले मुद्दा

अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्।

केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। ‘मुद्दा दर्ता भएको छ। अब कारवाही प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

यता सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताइन्।

अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए।

भुवनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्। यी दुबैबीच पछिल्लो समय सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell