PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एक युवकले मोटरसाइलकमा लिफ्ट दिए, अर्काले हाने एसिड



सविन ढकाल

एक युवकले मोटरसाइलकमा लिफ्ट दिए, अर्काले हाने एसिड

काठमाडौं : बिहीवार राति २२ वर्षीया युवतीलाई एसिड हान्ने पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले बिहीवार राती नै उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्।

सीसी क्यामरा फुटेज लगायतका सूचनाको आधारमा उनीहरुलाई राति नै डल्लु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। एसिड प्रहार भएकी युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

 अलामले मुन्नालाई एसिड सहित युवतीको कोठा नजिकै पुर्‍याएको देखिएको छ। त्यसपछि दही किन्न हिँडेको युवतीलाई उनैले चोकसम्म मोटरसाइकलमा लिफ्ट दिएका थिए।

नागर्जुन नगरपालिका ४ सिर्जना टोलमा मुन्नाले एसिड प्रहार गरेका थिए। त्यसपछि भने मुन्नाले आलमलाई मोटरसाइकलमा हालेर डल्लुमा रहेको डेरातिर लागेको देखियो। उनीहरुले शौचालयमा प्रयोग हुने एसिड प्रहार गरेको देखिन्छ।

सीसी टिभी फुटेज र युवतीले दिएको बयान तथा प्रतक्ष्यदर्शीको भनाइलाई आधार बनाउँदै प्रहरीले राति ११ बजे डल्लुमा रहेको उनीहरुको कोठा पुगेर पक्राउ गरेको हो। उनीहरुले 'प्रेम अस्वीकार' गरेकाले एसिड प्रहार गरेको प्रहरीलाई मौखिक बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell