वासिङटन : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले होस्टनमा रहेको चिनियाँ कन्सुलेटको कार्यालय जासुसीको केन्द्र रहेकाले बन्द गर्न निर्देशन दिएको बताएका छन्। अमेरिकी कम्पनीहरुको व्यवसायिक गोपनीयताका वस्तुमाथि त्यहाँबाट गैर कानुनी रुपमा सूचना निकालिने गरेको उनको आरोप छ।
'यो साता हामीले होस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गरायौं किनकि त्यो जासुसीको केन्द्र थियो र बौद्धिक सम्पत्ति चोरी हुने ठाउँ,' विश्वमा चिनियाँ सुरक्षा चुनौतीको विषयमा क्यालिफोर्नियामा आयोजित कार्यक्रममा पोम्पेओले भने।
चीनले लाखौं अमेरिकी रोजगारी खोसिनेगरी चीनले बौद्धिक सम्पत्ति र व्यवसायिक गोप्यताका विषय चोरी गरेको आरोप लगाए।
